Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ११ : १८ मा प्रकाशित

नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ काे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । 

दुवै म्युचुअल फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि कार्तिक १८ गते बुकक्लाेज गर्ने निर्णय गरेका छन् । त्यसैले आज कार्तिक १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने इकाईधनीहरूले मात्रै याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडकाे असाेज २५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको