Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली जलविद्युतको आईपीओकाे रकम जम्मा गर्ने आज अन्तिम म्याद

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ११ : २९ मा प्रकाशित

त्रिशुली जलविद्युतको आईपीओकाे रकम जम्मा गर्ने आज अन्तिम म्याद

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले असाेज ४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको सेयर (आईपीओ) बापतको बाँकी रकम संकलन गरिरहेकाे छ । उक्त आईपीओकाे रकम जम्मा गर्ने आज अन्तिम म्याद रहेकाे छ ।

सीडीएसका अनुसार आज (बिहीबार) बिहान १० बजेसम्ममा एक लाख ५ हजार ६ सय ६७ जनाले २५ लाख ६५ हजार ७ कित्ता सेयरको लागि २२ करोड ३१ लाख ५५ हजार ६ सय ९ रुपैयाँ चुक्ता गरेका छन् । 

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ । 

कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, ०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम शेयरधनीले प्रति कित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको