Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र दराज बीच ११.११ मा छुट सम्झौता

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १५ : ०४ मा प्रकाशित

एनसीसी बैंक र दराज बीच ११.११ मा छुट सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एनसीसी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ । यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको