Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकद्धारा टि.भी. हस्तान्तरण

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १७ : १६ मा प्रकाशित

लुम्बिनी विकास बैंकद्धारा टि.भी. हस्तान्तरण

लुम्बिनी विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत सो बसपार्कलाई शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोलले बिदुर नगरपालिकाका नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन – एक थान र डिस होम – एक थान प्रदान गरे ।

सो सामान हस्तान्तरण गरेकोमा नगर प्रमुखले लुम्बिनी विकास बैंकलाई धेरै – धेरै धन्यवाद व्यक्त गरेका छन् ।

साथै उक्त सामान हस्तान्तरण समारोहमा युवा नेता निलम बाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकार लगायत, बैंकको बट्टार शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोल तथा देबीघाट शाखा प्रमुख रमेश कुमार नेपाल लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको