सानिमा क्यापिटल लिमिटेडले कार्तिक १६ गते, बुधबारदेखि ‘सानिमा ग्रोथ फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । याे बन्दमुखी योजना हो । क्यापिटलई नयाँ फण्ड बिकाउन हम्मेहम्मे परेको छ । फण्ड नबिकेपछि क्यापिटलले आवेदन दिने म्याद लम्ब्याएको छ । यसअघि आजसम्म आवेदन दिन पाइने भनिएकाेमा अब कार्तिक ३० गतेसम्म भर्न पाइन्छ ।
क्यापिटलले सानिमा ग्रोथ फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रवद्धक सानिमा बैंकले लगानी गर्नेछ । त्यसैगरी, २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक श्री सानिमा क्यापिटललाई र त्यसपछी १ करोड ८० लाख इकाई बीज पूँजीलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस