Like us!
Follow us!
Connect us!
Watch us!

शैक्षिक क्षेत्रमा महालक्ष्मी विकास बैंककाे समन्वय, २ वटा कलेजसँग सम्झाैता

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, ११ : १८ मा प्रकाशित

शैक्षिक क्षेत्रमा महालक्ष्मी विकास बैंककाे समन्वय, २ वटा कलेजसँग सम्झाैता

महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । 

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् । 

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशाेधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता पश्चात् बैंकले कलेजका विद्यार्थीहरुका लागि Internship Opportunity, Job Fair Program, Banking Awareness Program, Guest Lecture Visit लगायत अन्य कार्यक्रमहरु प्रदान गर्नेछ । यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


 

63689c5173c21.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको