Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको मनोविज्ञानमा सामाजिक सञ्जालको प्रभाव, के सेयर बेचेपछि घटाउन लाग्नुपर्ने हो ?

धिरज पौड्याल

मंगलबार, २२ कार्तिक २०७९, १० : ४८ मा प्रकाशित

लगानीकर्ताको मनोविज्ञानमा सामाजिक सञ्जालको प्रभाव, के सेयर बेचेपछि घटाउन लाग्नुपर्ने हो ?

आफूले सेयर खरीद गरेपछि बजार बढ्ने अपेक्षा राख्नु र सेयर बिक्री गरेपश्चात बजार घट्ने अपेक्षा राख्नु लगानीकर्ताको मनोविज्ञानको हो तर पछिल्लो समय नेपालमा लगानीकर्ताको मनोविज्ञान वैचारिक रुपमा हावी भई लगानीकर्ता हरुको मनोविज्ञान सामाजिक सञ्जालमा प्रस्तुत गर्न थालेका छन् जसले बजारलाई उच्च निर्देशित पारिरहेको छ। 

२० औं शताब्दीको अन्त्य तिर मनोविज्ञानले सेयरबजार लाई प्रभाव नपार्ने सिद्धान्त हरु थिए तर पछिल्लो समय सेयरबजारलाई लगानीकर्ताको मनोविज्ञानले प्रभाव पर्ने र लगानिकर्ताको लगानी निर्णय लिने प्रक्रिया प्रभावित हुने विश्वव्यापी स्वीकार्य सिद्धान्तहरू स्थापित छन। 

लगानीकर्ताहरूको मनोविज्ञानले सेयर बजारका अन्य सदस्यहरूलाई प्रभावित गर्ने प्रक्रिया व्यवहारिक अर्थशास्त्र अन्तर्गत पर्दछ।डिमान्ड र सप्लाईको सिद्धान्तको  सेयरबजारबजारलाई मानिसहरूको तर्कहिनताले प्रभाब गर्दछ जुन लगानीकर्ताको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएको हुन्छ। 

व्यावहारिक अर्थशास्त्रले मानिसहरूमा उत्पन्न हुने तर्कहिनताले उनीहरूको निर्णयमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषय अध्यन गर्ने गर्दछ तर बहुमतका क्लासिक ( परम्परागत ) आर्थिक अध्ययनहरुले सामान्यतः मानिसहरूले तर्कसंगत निर्णयहरु गर्छन र उनीहरू सबैभन्दा उपयुक्त कुराहरूमा आधारित हुने देखाउँछ। 

यथार्थवादी अर्थशास्त्रको अध्ययनले मानिसहरूले आफ्नो भावनाहरुलाई उनीहरूको निर्णय लिने प्रक्रियालाई निर्देशित गर्न दिने सम्भावना बढी हुन्छ जसले गर्दा अक्सर उनीहरूको निर्णय तर्कहिनता तर्फ झुकाव राख्ने गर्दछ।

नेपालमा भूगोलको आधारमा र संख्याको आधारमा सक्रिय लगानीकर्ताहरुको संख्या न्यून अङ्कमा रहेको छ अज भनौं सक्रिय लगानीकर्ता हरुबिच सामान्य विचार पुग्न कुनै ठूलो विषयको प्रतीक्षा गर्नु पर्दैन सामान्य प्रसंग हरुपनि सबै लगानीकर्ताहरुलाई बीच पुग्ने गर्दछ।

कुनै लगानीकर्ता वा सामूहिक लगानीकर्ताको तर्कहिन मनोवैज्ञानिक विचारहरू लगानीकर्ताहरुको ठूलो समूहमा पुग्दा त्यसलेनै सेयरबजारलाई प्रभावित गर्ने गर्दछ।

सेयर बजारमा के ?

अन्तरास्ट्रिय रूपमा सेयरबजारलाई हेर्दा लगानीकर्ताहरू प्राविधिक दृष्टिकोणबाट हुने विश्वास लिने गरिन्छ, प्रविधिक विश्लेषणको अनुसार सेयर बजारमा सेयरको मूल्य माग र आपूर्ति र केही मात्रामा व्यवहारमा निर्भर रहन्छ । उनीहरू प्रविधिक तथ्याङ्कमा लगानीकर्तालाई आवश्यक रहने सबै जानकरी प्राप्त हुने र उनीहरू बजारप्रती सुसूचित हुन्छन् भन्ने विश्वास लिन्छ। प्रविधिक विश्लेषणमा आधारित रहने लगानी बजारको संभावित भविष्यको अपट्रेन्ड र डाउन ट्रेन्डको आधारमा रहने गर्दछ। 

नेपालमा लगानीकर्ताको लगानी प्रविधिक अध्ययन लगानी भन्दा अन्य तत्वले बढी प्रभावित गर्ने गर्दछ जसमा लगानीकर्ताको तर्कहिनत हावी हुने गर्दछ जो आफूमा मात्र सीमित नभई सार्वजनिक रूपमा फैलाउने सक्दो प्रयत्न हुने गर्दछ। 

जसपश्चात सेयर बेचे पश्चात बजारमा मूल्य घट्ने दबाब पर्न जान्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको