लगानीकर्ताहरूका विभिन्न संघ संगठनले पूँजी बजार बिस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने भन्दै संयुक्त प्रेश विज्ञप्ती सार्वजनिक गरेका छन् ।
५४ लाख लगानीकर्ताको तर्फबाट नेपाल ईन्भेष्टर्स फोरम, नेपाल पूँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूँजीबजार संघ, सेयर लगानीकर्ता दबाब समूह, लगानीकर्ता हित संरक्षण मन्च र स्वतन्त्र पूँजी बजार सुधार संघले आज संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
नेपालको पूँजी बजारलाई सही नीति नियम, अत्याधुनिक प्रविधि, पुर्वाधार र कडा नियमनद्धारा व्यवस्थित गर्न लगानीकर्तासँग भएको सहमति र माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्धारा चालिएका कदमहरुमा केही स्वार्थी समुहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आम नेपाली लगानीकर्ताहरुको तर्फबाट सबै संघ संस्थाहरु फेरि सडकमा उत्रिने ध्यानाकर्षण गराइएकाे छ।
"नेपालको पूँजी बजारलाई आधुनिक हुनै नदिने र सिमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानून विपरित प्रवृत्तिले ४० खर्ब भन्दा बढी पूँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको र लाखौं लगानीकर्तालाई पलायन हुन बाध्य पारेको अवस्था छ भने हुनै लागेका सुधार र बिस्तारका काम रोकिए झन ठूलो क्षति नेपालको पूँजी बजारले भोग्नुपर्ने र बर्षों पछाडि धकेलिने तर्फ सम्बन्धित सरोकारवालाहरुलाई सतर्क गराउँछौ ।", विज्ञप्तिमा भनिएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, "पूँजी बजार जस्तो संबेदनशील क्षेत्रलाई खेलाँचीको रुपमा नलिई विगतमा भएका विभिन्न आन्दोलनमा राखिएका मागहरु तथा सुझावहरुका साथसाथै ५८ बुंदे सुझाव र १९ बुंदे सहमति तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्न एवं कुनै बाधा विरोध सिर्जना नगरी आम सर्वसाधारण लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्नुका साथै लगानीको वातावरण तयार पार्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस