ललितपुर जिल्लामा संचालित विभिन्न सहकारीहरुले सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकनको माग गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै संस्थाहरुले यस्तो आग्रह गरेका हुन् ।
जिल्ला सहकारी संघ लिमिटेड ललीतपुर, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ललितपुर बहुउद्देश्यीय संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ 'सन्दर्भ व्याजदरका कारणले सहकारी संस्थाहरुले निक्षेपको व्याजदर बजार अनुकुल बढाउन नसकेको हुँदा सहकारीको निक्षेप बैंक तथा वित्तिय संस्थाहरुमा रकमान्तर भइरहेको अवस्थामा तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनको लागि सम्बन्धित निकायहरुमा यथाशिघ्र पहल गर्नुपर्ने देखिन्छ । सन्दर्भ ब्याजदरलाई छिटो भन्दा छिटो बजार अनुकुल निर्धारण गर्न नसके यसको अवज्ञालाई रोक्न नसकिने ।'
ललितपुर जिल्लामा संचालित सहकारी संस्थाहरु तरलताको संकटबाट गुजिरहेको र संस्थाको कारोबार नै बन्द गर्नुपर्ने स्थिति देखिन आएको हुँदा सो सम्बन्धमा अर्थपूर्ण सहजिकरण तथा समन्वय गरिदिन समते आग्रह गरिएको छ ।
यस्ता छ ध्यानआकर्षण पत्रः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस