Like us!
Follow us!
Connect us!
Watch us!

२५ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १६ : ४६ मा प्रकाशित

२५ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २५ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल कार्तिक २० गतेदेखि २०८० साल कार्तिक २२ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० कराेड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा एक कराेड २५ लाख रुपैयाँ गरी कूल २५ कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले कार्तिक २३ गते बिहान १० बजेदेखि राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

6368e655ca472.jpg 6368e65eee379.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको