Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफको ३ दिने "लिडर्स नाईट वीथ पारस खड्का" कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १६ : १४ मा प्रकाशित

नेशनल लाईफको ३ दिने "लिडर्स नाईट वीथ पारस खड्का" कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०७९ कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस खड्का (Leaders' Night With Paras Khadka)” कार्यक्रम काठमाण्डौस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि श्रावण महिनामा सञ्चालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँग साक्षात्कार गराउने उदेश्य समेतले कार्यक्रम सम्पन्न गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए । 

देशैभरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना वरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले  सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । 

यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागी हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पुर्याउन आफ्नो तर्फबाट गरेका मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराएका थिए । साथै उनले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसँग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउँदै सहभागी अभिकर्ताहरुलाई बधाई समेत दिएका थिए । 

कार्यक्रममा सहभागी अभिकर्ताहरुले पारस खड्काको उपस्थिति र अनुभवबाट आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको