Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ?

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १६ : ५३ मा प्रकाशित

बाराही हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ?

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानियहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । उक्त साधारण सेयर (आईपीओ) मा आयोजना प्रभावित स्थानियहरुले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो। 

सिडिएसका अनुसार मंगलबार ४ बजेसम्ममा ३ सय ६६ जना लगानीकर्ताहरूले ५८ लाख ५३ हजार रूपैयाँ बराबरकाे ५८ हजार ५ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । 

कसले दिन सक्छन आवेदन ?

बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा न १, ४ र ५ साविक कस्मीसेरा, सर्कवा, र बिनामारे गा.बि.स. का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले समेत आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआबिएलएस क्यापिटल लिमिटेड रहेको छ। 

कहाँबाट दिने आवेदन ?

 नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ। साथै एनएमबि बैंक लिमिटेड शाखा कार्यालय- कुश्मीसेरा, कुमारी बैंक लिमिटेड, शाखा कार्यालय- राहाले, बल आईएमई बैंक लिमिटेड-कुश्मीसेरा शाखा, गरिमा विकास बैक लिमिटेड, शाखा कार्यालय- ट्राफिक चोकबाट समेत  आवेदन दिन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको