Like us!
Follow us!
Connect us!
Watch us!

कोकाकोलाको फिफा वर्ल्डकप क्याम्पेन “ड्रिन्क–बिलिभ– विन” सुरु

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १७ : १६ मा प्रकाशित

कोकाकोलाको फिफा वर्ल्डकप क्याम्पेन “ड्रिन्क–बिलिभ– विन” सुरु

फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोकाकोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ । “ड्रिन्क–बिलिभ–विन” नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् । 

यस क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वल्र्डकप लेबलमा भएको त्तच् कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ www.coca-cola.com.np  मा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागि हुन सकिनेछ ।  

कात्र्तिक १५ बाट शुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा  विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइट www.coca-cola.com.np मा गएर हेर्न सकिनेछ । पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको