Like us!
Follow us!
Connect us!
Watch us!

दिव्यश्वरी हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी ३ करोड, नेटवर्थ १५.९० रुपैयाँ

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, १२ : ३३ मा प्रकाशित

दिव्यश्वरी हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी ३ करोड, नेटवर्थ १५.९० रुपैयाँ

दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा घटेको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २९ लाख ३७ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले ३ करोड २१ लाख ५ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ८ प्रतिशतले बढि हो । गत बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ९७ लाख १ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २२ करोड २० लाख ३० हजार रुपैयाँ नकारात्मक रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३० पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५ रुपैयाँ १९ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

636c9f336b7b9.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको