Like us!
Follow us!
Connect us!
Watch us!

दिव्यश्वरी हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारणसभा आज

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ०७ : ३७ मा प्रकाशित

दिव्यश्वरी हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारणसभा आज

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्ला दुई आर्थिक वर्ष (आव) का लागि वार्षिक साधारणसभा (AGM) आज दिउँसो १ बजेका लागि बोलाइएको छ। सभा काठमाडौँको पुरानो बानेश्वरस्थित मैतीदेवी सेतोपुल नजिक रहेको अन्नपूर्ण पार्टी भेन्युमा आयोजना हुँदैछ।

यसअघि कम्पनीले जेठ २२ गते साधारणसभा बोलाए पनि आवश्यक गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको थियो।

यस पटकको सभामा लाभांश प्रस्ताव भने समावेश गरिएको छैन। तर, कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेस गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव प्रमुख एजेण्डाको रूपमा ल्याइएको छ।

सभामा त्यस्तै समान उद्देश्य भएका अन्य कम्पनीहरूसँग गाभ्ने (मर्जर) सम्भावनालाई समेत औपचारिकता दिने प्रस्ताव ल्याइएको छ। त्यससँगै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न पनि सञ्चालक समितिलाई अधिकार प्रदान गरिने प्रस्ताव छ।

सभामा थप रूपमा निम्न विषयहरूमा निर्णय गरिनेछ:

  • अघिल्लो दुई आर्थिक वर्षको लेखा विवरण स्वीकृत गर्ने

  • चालू आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने

  • अघिल्लो आर्थिक वर्षका लागि नियुक्त लेखा परीक्षकको अनुमोदन

  • सञ्चालक समितिको पदपूर्ति र स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धी प्रस्तावहरू

सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ ८ गते नै गरिसकेको छ। तसर्थ, जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा सहभागिता जनाउन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको