Like us!
Follow us!
Connect us!
Watch us!

प्रभावकारी बन्दै नेपाल टेलिकमको सामूहिक सन्देश सेवा, एकैपटकमा १० हजार एसएमएस पठाउन सकिने

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १५ : ५० मा प्रकाशित

प्रभावकारी बन्दै नेपाल टेलिकमको सामूहिक सन्देश सेवा, एकैपटकमा १० हजार एसएमएस पठाउन सकिने

नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (Group SMS) सेवा प्रभावकारी बनेको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ । 

यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र  १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. २,५०० (पच्चिस सय,करबाहेक) मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १०,००० (दश हजार) वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. ५,००० (पाँच हजार,करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १०,००० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ । 

यो सेवा प्रयोग गर्नका लागि httpsM//groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो Contact मा भएका नम्बरहरु Excel Sheet मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।
   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको