Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशमा लघुवित्त कार्यक्रमको अवस्था र नेपालले सिक्नुपर्ने पाठ

तोरण बहादुर बस्नेत

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, १२ : ४६ मा प्रकाशित

बंगलादेशमा लघुवित्त कार्यक्रमको अवस्था र नेपालले सिक्नुपर्ने पाठ

विश्वकाे सवैभन्दा लामो प्राकृतिक समुन्द्रको किनार भएको दक्षिण एसियामा अवस्थीत देश हो वंगलादेश । १ लाख ४८ हजार ४ सय ६० वर्ग किलोमिटर क्षेत्रफल भएको वंगालादेशमा १६ करोड ६१ लाख ५८ हजार ६ सय १६ जना मानिसहरु वसोवास गर्दछन । त्यहाँको प्रमुख पेशा व्यवसाय भनेको कृषि,उद्योग र सेवा क्षेत्र हुन ।

वैंकिङ क्षेत्रमा लघुवित्त विधा सवै भन्दा पछिल्लो चरणमा आएको विधातथा क्षेत्र हो । विषेश गरि लघुवित्तका पिता समेत भनेर चिनिने वंगालादेशका प्रोफेसर डा. मोहम्मद युनुसले सन् २००६ मा नोवेल पुरस्कार प्राप्त गरेपछि यो लघुवित्त विधाले अविकसित र विकाशिल देशहरुमा व्यापक चर्चा परिचर्चा तथा महत्व पाएको हो । अनौपचारिक रुपमा विश्वमा लघुवित्त कार्याक्रम विविध स्वरुपमा पहिले देखिनैै सञ्चालनमा आएतापनि वंगलादेशमा सन् १९७६ मा प्राध्यापक मोहम्मद युनुसले अनुसन्धानगरि सन् १९८३ मा ग्रामिण वैंकको स्थापना भए पश्चात औपचारिक रुपमा शुरु भएको हो भने हाल वंगलादेशमा ५९९ वटा संस्थाले लघुवित्त कार्याक्रम सञ्चालन गर्न अनुमति लिई करिव ३ करोड विपन्नवर्गका समुदायका सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान भएको देखिन्छ भने त्यसको नियमन तथा सुपरिवेक्षण वंगालादेशको केन्द्रिय वैंक अन्र्तगत Microcredit Regulatory Authority(MRA) ले गर्दै आएको छ भने ग्रामिण वैंकको Grameen Bank Ordiance 1983 अनुशार सञ्चालित छ ।

बगंलादेशको ग्रामिण वैंकको सेम्टेम्बर ६, २०२२ सम्मको मासिक रिर्पोट:

बंगलादेशमा लघुवित्तले प्रदानगर्ने सेवाहरु

लघुवित्तको देश बंगलादेश वाट प्रतिपादित चर्चित मोडेल हाल विश्वका ६ महादेशका नेपाल सहित १७५ देशमा यो मोडेल अनुशार लघुवित्त कार्याक्रहरु सञ्चालन भईरहेका छन् । मोडेल एउटै भएपनि कार्याक्रमको प्रकृती फरक रहेको पाईन्छ जशलाई निम्न शिर्षकमा उल्लेख गरिएको छ .।

१. कर्जा सेवा

वंगलादेशको लघुवित्त नियमनकारी निकायः Microcredit Regulatory Authority(MRA) ले कर्जाको व्याजदर अधिकतम २७% तोकेता पनि कर्जाको प्रकार अनुशार निम्न व्याजदर रहेको छ
 

२. वचत सेवा

३. कर्जा विमा सेवा

ग्रामिण वैंको नियम अनुशार लगानीमा रहि रहेको कर्जाको ३% यो कोषमा जम्मा गर्नु पर्ने र सो वापत सदश्य र निजको पतिको मृत्युमा पुरै कर्जा मिनाह हुने व्यवस्था छ भने IDF(Intergrated Development Foundation) लघुवित्तमा ४० टाका जम्मा गर्दा सो वापत दांहसस्कार खर्च ५००० सहयोग गर्नुका साथै लगानीमा रहिरहेको कर्जाको ०.५% प्रिमियम शुल्क जम्मा गरे वापतपति र सदश्यको निधनमा कर्जा मिनाह हुने सुविधा रहेको छ ।

४. स्वास्थ्य कार्यक्रम

स्वास्थ्य कार्यक्रम अन्र्तगत त्यहाँका लघुवित्तले आफ्नो सेवा क्षेत्रका समुदाय र सदस्यका लागि विशेषज्ञ सहितको स्वास्थ्य केन्द्र स्थापना गरि हरेक महिना अनिवार्य घरदैलोमा गई स्वास्थ्य सेवा उपलव्ध गराईरहेका छन् । यसका साथै औसधी खरिद खर्चको लागि २००० टाका र भर्ना भई उपचार गराएमा सोहि अनुशार खर्च उपलव्ध गराई रहेका छन् ।

५. शैक्षिक कार्याक्रम

गरिव विपन्न वर्गका छोराछारी लाई शिक्षाको स्तर हेरी हरेक महिना १५० देखि ५०० टाका सम्म छात्रवृदिको व्यवस्था गरिएको छ  जसका कारण गरिव जेहेन्दार विद्यार्थीलाई शिक्षा प्राप्तिमा मद्दत पुगेको छ भने त्यस्तै वालश्रम, गरिव, स्कूल जान नसकेका तथा औपचारिक शिक्षावाट वञ्चित वालवालिकाहरुलाई उनिहरुको टोलमा नै प्रौढ शिक्षाको व्यवस्था गरि साक्षर अभियान सञ्चालन गरिरहेका छन् ।

६.एक कर्मचारी एक विपन्न कार्यक्रम

विषेश गरि शाखा तथा इलाका कार्यालयमा कार्यारत कर्मचारीहरु सवैले हरेक वर्ष एक जना अति विपन्न गरिव, भिकारी लाई जिम्मा लिई प्रत्यक्ष निगरानीमा निजको आर्थिक अवस्था सुधार गरि जिवनस्तर सुधार्न सहयोग, उत्प्रेरणा दिई गरिवीको दुशचक्रवाट वाहिर ल्याउने काम गरिएको छ ।

७. अन्य कार्यक्रमहरु

गाउगाउमा कृषि प्राविधिकको व्यवस्था गरि किसानहरुलाई सल्लाह प्रदान गर्ने, इन्जिनियरको व्यवस्था गरि विकासका पूर्वधारहरु निर्माण गर्ने, यूवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, सिप विकास तालिम गर्ने जस्ता निकै आधारभुत तथा लोकप्रिय कार्याक्रमहरु लघुवित्तले नै सञ्चालन गदैै आएका छन् ।

बंगलादेशको लघुवित्त कार्याक्रमवाट नेपालले सिक्नुपर्ने पाठः

    बंगलादेशमा लघुवित्त कार्याक्रमहरु ग्रामिण भेगका लक्षित वर्गमा सञ्चालित छन भने अधिकांश लघुवित्तका केन्द्रिय कार्यालय, क्षेत्रिय कार्यालय र शाखा कार्यालयहरु आफ्नै भवनमा सञ्चालित छन् ।

    ग्रामिण वैकले आफ्ना सदस्यहरुलाई ७५% शेयर प्रदान गर्नुका साथै गत बर्षको नाफावाट ३०% लाभांश वितरण गरेको छ र सञ्चालक वोर्डमा वहुमत सदश्यहरुको प्रतिनिधित्व रहेको छ जशका कारण अपनत्वको भावना विकास भएको छ ।

    त्यहाँका लघुवित्तहरुले सामाजिक वैकिङ लाई पहिलो प्राथमिकतामा राख्दै जस अन्र्तगत आधारभुत आवश्यकता शिक्षा र स्वास्थ्य का कार्याक्रमहरु प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।

    ग्रामिण वैंकका १०१५७५९० जना सदस्यहरुवाट २ खर्व ३३ अर्व १६ लाख वचत संकलन गरि १ खर्व ४६ अर्व ७१ लाखकर्जा लगानी भएको छ जसवाट संस्थाको आन्तिरिक श्रोतवाट नै  पूँजी परिचालन भई लगानी पनि सुरक्षित देखिन्छ ।

    वगंलादेशमा संस्था वाट उपलव्ध कर्जाले भरपुर सदुपयोग गरि एउटै परिवारले वहु व्यवसाय माछापालन, तरकारी खेति र गाईपालन व्यवसायिक रुपमा सञ्चालन गरेर आम्दानी वढाई जिवनस्तर सुधारेको देखिन्छ ।

    तहगत रुपमा चुस्त दुरुस्त निरिक्षण र सुपरिवेक्षण गरि कर्मचारी लाई विभिन्न तालिम, बृद्धि विकासका अवसरहरु उपलव्ध गराई कर्मचारीको उत्पादकत्व वढाईएको छ ।

    एक कर्मचारी एक विपन्नवर्ग कार्यक्रमले हरेक वर्ष गरिवी न्यूनिकरण गर्न मद्दत पुगेको छ । 

(यो आलेख सन् २०२२ सेप्टेम्बरमा लेखक बंगालादेशको लघुवित्त अध्ययन तथा अवलोकन भ्रमणबाट प्राप्त अनुभव र सिकाईमा केन्द्रित छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको