प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा आउँदो असार १६ गते गर्ने निर्णय गरेको छ। कम्पनीको मुख्य कार्यालय धनगढी, कैलालीमा दिउँसो १:०० बजे सभा आयोजना गरिने भएको हो।
सभाको मिति कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकबाट तय गरिएको हो।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण — जस्तै वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू प्रस्तुत गरिनेछ र छलफलपश्चात पारित गरिनेछ।
त्यस्तै, सभा मार्फत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तथा सेवा सर्त तोक्ने प्रस्ताव पनि पारित गरिनेछ। साथै, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च पनि अनुमोदन गरिनेछ।
साधारण सभामा उपस्थित हुने सेयरधनीहरूले सभा स्थलमा प्रवेश गर्न सक्कल परिचयपत्र अनिवार्यरूपमा साथमा ल्याउनु पर्ने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस