Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलबिद्युतको नाफामा सामान्य बृद्धि, विद्युत बिक्रि आम्दानी ५ करोड

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ०७ : १४ मा प्रकाशित

रु रु जलबिद्युतको नाफामा सामान्य बृद्धि, विद्युत बिक्रि आम्दानी ५ करोड

रु रु जलबिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा सामान्य बढेको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड रुपैयाँ बिजुली बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा २.९८ प्रतिशतले कम हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड १५ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार १७ करोड २० लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ३५ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको