Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नाफामा ४९ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ०७ : ३२ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको नाफामा ४९ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १७ करोड ३५ लाख ८७ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि  ४३.१३ ले घटेर १४ करोड १६ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २४ करोड ९० लाख रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ७.४३ प्रतिशतले घटेर ३३ करोड २४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.७५ रुपैयाँले घटेर ३४.२९ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको