Like us!
Follow us!
Connect us!
Watch us!

१३ अर्ब ८५ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १० : ५६ मा प्रकाशित

१३ अर्ब ८५ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर २७ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ९ अर्ब ८५ कराेड ५० लाख रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल जेठ २ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज कार्तिक २८ गते, साेमबार दिउँसो २ बजे बोलकबाेल भएर भाेलि कार्तिक २९ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

6371cf2c34dd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको