Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेको इष्टर्न हाइड्रोले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ११ : १३ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेको इष्टर्न हाइड्रोले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू एनएमबि क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे थियाे ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २५ हजार १९० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

उक्त आईपीओकाे बाँडफाँड कार्तिक १७ गते, बिहीबार नै सम्पन्न भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको