Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे सिक्लेस हाइड्रोको सेयर कारोबार, खप्तड लघुवित्तको किन भएन ?

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ११ : १० मा प्रकाशित

सुरू भयाे सिक्लेस हाइड्रोको सेयर कारोबार, खप्तड लघुवित्तको किन भएन ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्जमा आज (कार्तिक २९ गते, मंगलबार) सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडकाे पहिलाे काराेबार भएकाे छ ।

स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि ११६ रूपैयाँ ८६ पैसादेखि अधिकतम ३ सय ५० रूपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेकाे थियाे । 

हिजाे साेमबार सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको ८५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको थियाे । 

त्यसैगरी, हिजाे नै नेप्सेमा सूचिकृत भएकाे खप्तड लघुवित्तकाे काराेबार भने आज हुन सकेन । स्पेशल प्रि ओपन सेसनमा म्याचिङ नभएपछि कम्पनीकाे काराेबार नखुलेकाे हाे ।

साेमबार खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको थियाे । कम्पनीको पहिलो कारोबारका लागि १०१ रूपैयाँ ७ पैसादेखि अधिकतम ३ सय ३ रूपैयाँ २१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको