Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बिमा कम्पनीको नाफा घट्यो, अन्य सूचक कस्तो ?

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १४ : ४५ मा प्रकाशित

राष्ट्रिय बिमा कम्पनीको नाफा घट्यो, अन्य सूचक कस्तो ?

राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १३.२५ प्रतिशतले थाेरै हो । गत वर्ष यस कम्पनीले ६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीले १५ करोड ८२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ७ करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

पहिलाे त्रैमाससम्म कम्पनीले बिमा कोषको आकार ९.४५ प्रतिशतले बढाएर २ अर्ब ६९ करोड रुपैयाँ पुर्याएकाे छ । गत वर्ष यसको बिमा कोषमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । 

कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी २० रुपैयाँ २० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ एक हजार ३ सय ७९ रुपैयाँ ७० पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको