राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आगामी असार २९ गते आइतबार गर्ने भएको छ। कम्पनीले सभा बिहान ११ बजेदेखि शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा आयोजना गर्ने जनाएको छ।
सभाको मिति कम्पनीको असार ५ गते सम्पन्न ४४४औँ सञ्चालक समितिको बैठकको निर्णय अनुसार तय गरिएको हो।
सभा मार्फत कम्पनीका अध्यक्षले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने छन्। उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गरिने कार्यक्रम रहेको छ।
यसैगरी, सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत छलफल गरी अनुमोदन गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस