Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई ३ महिनाभित्र लेखापरीक्षण सक्याउन अर्थमन्त्रीकाे ठाडाे निर्देशन

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, ११ : ३० मा प्रकाशित

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई ३ महिनाभित्र लेखापरीक्षण सक्याउन अर्थमन्त्रीकाे ठाडाे निर्देशन

अर्थमन्त्रालयले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै हिजाे माघ १६ गतेबाट सुरु भइ वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ ।   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको