Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा कम्पनीले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, १५ : ३३ मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्तावहरु

राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा बोलाउने भएको छ। कम्पनीको वैशाख २१ (बिहिबार )गते भएको निर्णय अनुसार  जेठ ३१, बुधबारका दिन , अपरान्ह ११:०० बजे कम्पनीले साधारण सभा बोलाएको हो। 

साधारणसभामा कम्पनीले अगाडी सारेको प्रस्ताव यस्ता छन :
(क) सामान्य प्रस्ताव :
(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने राष्ट्रिय बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक वर्ष २०६८ / ६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७० / ७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्म गरी ३ वर्षको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने ।

(३) महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्ने ।

(४) सञ्चालकहरुको आर्थिक वर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता गर्ने ।

(५) सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना सञ्चालक चयनको लागि निर्वाचन गर्ने ।

(६) विविध ।

साधारण सभा प्रयोजनको लागि जेठ १६ गते देखि जेठ ३१ गतेसम्म राष्ट्रिय बीमा कम्पनीको सेयर दर्ता किताव बन्द रहने छ । अर्थात जेठ १५ गतेसम्म कारोबार भइ कायम भएका लगानीकर्ताले मात्र साधारणसभामा भाग लिन पाउने छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको