Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी संरचना परिवर्तन गर्दै राष्ट्रिय बीमा कम्पनी, प्रोमोटर सेयर पब्लिकमा कन्भर्ट हुनसक्ने

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १३ : ३५ मा प्रकाशित

पूँजी संरचना परिवर्तन गर्दै राष्ट्रिय बीमा कम्पनी, प्रोमोटर सेयर पब्लिकमा कन्भर्ट हुनसक्ने

राष्ट्रिय बिमा कम्पनी लिमिटेडले पूंजी संरचना परिवर्तन गर्ने भएको छ। हाल संस्थापक सेयरको हिस्सा ८०.४६% रहेको छ भने साधारण सेयरको हिस्सा १९.५४% रहेको छ। कम्पनीले सो संरचनालाई परिवर्तन गर्दै संस्थापकतर्फको स्वामित्व ७०% र साधारणतर्फ ३०% बनाउने भएको हो।  

हाल कम्पनीमा नेपाल सरकारको ४७.५०%, कर्मचारी संचय कोषको २२% र  नेपाल बैंकको १०.९६% सेयर स्वामित्व रहेको छ। नेपाल सरकारको स्वामित्व ४१.०३%, कर्मचारी संचय कोषको १९.३७% र नेपाल बैंकको ९.६०% मा झारी संस्थापकतर्फको स्वामित्व कुल पूंजीको ७०% कायम गराउने र साधारण सेयर स्वामित्व ३०% पुर्याउने योजना कम्पनीले बनाएको हो।  

कसरी हुँदैछ पूँजी पुनर्संरचना ? 

पूँजीको संरचना परिवर्तन गरेर सर्वसाधारणको स्वामित्व बढाउनुपर्छ भन्ने निष्कर्षमा कम्पनी पुगिसकेको भए तापनि कसरी प्रकृया अघि बढाउने भन्ने बारेमा स्पष्ट निर्णय भईसकेको भने छैन। कम्पनी सचिवका अनुसार एफपीओ जारी गरेर साधारण सेयर स्वामित्व बढाउने कि प्रोमोटर सेयरलाई पब्लिकमा कन्भर्ट गरेर पूँजी संरचना मिलाउने भन्ने विषयमा कम्पनीको संचालक समितिमा सामान्य छलफल भएको थियो।

एफपीओ जारी गर्ने प्रकृया झन्झटिलो र लामो हुने भएकाले प्रोमोटर सेयरलाई नै पब्लिकमा कन्भर्ट गर्दा सहज हुने बुझाई व्यवस्थापनको रहेको पाईएको छ। स्रोतका अनुसार एफपीओ जारी हुने भन्दा प्रोमोटर सेयर पब्लिकमा कन्भर्ट हुने सम्भावना उच्च छ।  

646dc5d7bcb6e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको