Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच छुट सम्झाैता

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १७ : १२ मा प्रकाशित

प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच छुट सम्झाैता

प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट सम्झाैता भएको छ । कार्तिक २९ गते मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो । सम्झौता अनुसार उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने Outsourcing गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् । 

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको APP Download गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

सो सम्झाैतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको