Like us!
Follow us!
Connect us!
Watch us!

१९ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०७ : ५९ मा प्रकाशित

१९ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिसेयर आम्दानी कति ?

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार कम्पनीको मुनाफा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले २३ करोड २७ लाख २७ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कोषको खुद ब्याज आम्दानीमा पनि वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ७३.४१ प्रतिशतले बढेर १० करोड १२ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा २८ करोड १२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । 

कोषको खुद मुनाफा वृद्धि भएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १३ पैसा रहेकोमा अहिले त्यो घटेर २१ रुपैयाँ ९० पैसा पुगेको छ । कोषको खुद मुनाफामा वृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले बोनस सेयर वितरण गरि पुँजी वृद्धि गरेको थियो बृद्धि पुँजीको तुलनामा मुनाफा बृद्धि हुननसकेकाले प्रतिसेयर आम्दानीमा गिरावट आएको हो । कोषको प्रतिसेयर नेटवर्थ १८९.०५ रुपैयाँ रहेको छ । 

कोषले प्रकाशन गरेको बित्तिय विवरणः 

637447b65b744.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको