Like us!
Follow us!
Connect us!
Watch us!

१६.८ प्रतिशतले बढ्यो नेपाल आउने रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति १२४६ अर्ब

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १४ : ५७ मा प्रकाशित

१६.८ प्रतिशतले बढ्यो नेपाल आउने रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति १२४६ अर्ब

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा विभिन्न देशबाट भित्रिने रेमिट्यान्स १६.८ प्रतिशतले बढेको छ । 

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ असोज मसान्तसम्ममा नेपालम कुल २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको नेपाल भित्रने रेमिट्यान्स ७.९ प्रतिशतले वृद्धि घटेको राष्ट्रबैंकले जनाएको छ । पछिल्लो तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ७.१ प्रतिशतले घटेको थियो । 

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको