Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टाेकरेन्सी पैसा हैन सम्पत्ति !

धिरज पौड्याल

मंगलबार, १४ असार २०७९, १४ : ०८ मा प्रकाशित

क्रिप्टाेकरेन्सी पैसा हैन सम्पत्ति !

पछिल्लो समय अन्तराष्ट्रिय रुपमा नै यसको प्रचलन बढी रहेको छ। क्रिप्टाेकरेन्सीलाई मुद्रा भन्नेकी सम्पति (Asset) भन्ने विषय बहसको विषय बनेको छ । कुनै पनि वस्तुलाई मुद्रा तबमात्र भन्ने गरिन्छ जब उक्त वस्तुलाई सार्वजनिक रूपमा आर्थिक कारोबार प्रयोजनका लागि स्वीकृत गरिन्छ वा राष्ट्रको केन्द्रीय बैंकले लिगल टेन्डर प्रदान गर्दछ । 

क्रिप्टाेकरेन्सीलाई अधिकांश राष्ट्रहरूले कानुनतः वैधानिकता प्रदान गरेका छैनन् । कतिपय राष्ट्रहरुले क्रिप्टाे मैत्री नीति लिएका छन्। कानुनी रुपमा विश्वका १३ राष्ट्रहरूले मान्यता दिएका छन् भने सय भन्दा बढी राष्ट्रहरूले क्रिप्टो मैत्री नीति अबलम्बन गरेका छन्। नेपाल लगायत विश्वका ७ देशहरूमा यसलाई कानुनतः रूपमा अवैधानिक घोषणा गरेको छ।

केही वर्ष अगाडि क्रिप्टाेकरेन्सीलाई मुद्राको रूपमा कारोबार गर्ने भनी व्याख्या गरिन्थ्यो तर समयान्तरमा उक्त व्याख्यामा परिवर्तन आएको छ। क्रिप्टाेकरेन्सीलाई अहिले मुद्राको रूपमा कम र ट्रेड गर्ने एसेट भनी बढी परिभाषित गर्ने गरिन्छ । आज भोलि क्रिप्टाेकरेन्सी र सुनलाई समान दर्जामा राखी तुलना गर्ने गरिन्छ। 

क्रिप्टाेकरेन्सीमा कारोबार गर्दा कुनै तेश्रो व्यक्तिको संलग्नता नहुने र ब्लक्चेन प्रविधिमा कार्य गर्ने हुँदा विश्वसनीय मानिन्छ। क्रिप्टाेकरेन्सीको मूल्य देखिने भोलाटालिटी ( मूल्यमा देखिने तिव्र उतार चढाव ) का कारण मुद्राको विश्वसनीयता खस्किँदै गएको जानकार हरु बताउछन। क्र्प्टोलाई सुन सँग तुलना गर्दै गर्दा अहिले डिजिटल गोल्डको कारोबार नै हुने गर्छ। सुनको तुलनामा क्रिप्टाेकरेन्सीको फाइदा सुरक्षित र सहज कारोबार हो। 

 “क्रिप्टाेकरेन्सी मुद्रा हैन, यसको सुनको जस्तै भ्यालु छ, भ्यालु भएका सबै वस्तु मुद्रा हैनन् ”

मुद्राको भ्यालु अहिले अन्तराष्ट्रिय बजारसँगको कारोबार दर, मुद्राको माग र पूर्ति, र राष्ट्रसँग भएको वैदेशिक सञ्चितिको आधारमा रहन्छ जसले मुद्राको स्थाईत्तो देखाउँछ तर क्रिप्टाेकरेन्सी संख्या सीमित हुने साथै स्थिर मुद्राको तुलनामा नै उच्च भोलाटाइल हुने हुँदा यदि क्रिप्टाेकरेन्सीको उपयोग नियमित रूपमा नै गर्नेहो भने त्यसको असाधारणताका कारण देखिने उच्च उतारचढाव देखाउँछ जसले मुद्राको अस्थिरता निम्त्याउँछ। 

विषयबस्तुमा फर्किँदा लगानी गरिएका सबै वस्तु मुद्रा हुँदैन। क्रिप्टाेकरेन्सीलाई  खरिद गर्नु भनेको निश्चित संख्यामा जारी गरिएको क्रिप्टाेकरेन्सीको निश्चित कित्ता सेयर खरिद गर्नु सरह हो। हामीले कुनैपनि वस्तु खरिद गर्दा रुपैयाँ को प्रयोग गर्छौ न कि कुनै कम्पनीको सेयरको। कुनै पनि कम्पनीको सेयर यसर्थमा होल्ड गर्ने गरिन्छ समयान्तर उक्त कम्पनीले प्रदान गर्ने नाफाका कारण उक्त वस्तुलाई होल्ड गर्ने गरिन्छ। अहिले क्रिप्टाेकरेन्सीलागि सोही रूपमा परिभाषा दिने गरिन्छ। 

खाेज श्राेत : इन्टरनेट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको