Like us!
Follow us!
Connect us!
Watch us!

देश झन् ठूलो भूमरीमा पर्ने खतरा भयाे, तुरून्तै गठबन्धनकाे बैठक बस्छाैँ : प्रचण्ड

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, १३ : ४९ मा प्रकाशित

देश झन् ठूलो भूमरीमा पर्ने खतरा भयाे, तुरून्तै गठबन्धनकाे बैठक बस्छाैँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपालीकाे निर्वाचनमा गठबन्धनले साेचेकाे जस्ताे नतिजा नल्याएकाे बताएका छन् ।  

प्रतिनिधी सभाकाे निर्वाचनमा गाेरखा २ बाट जित हासिल गरेका उनले आज आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको जानकारी दिए ।

कार्यक्रममा बाेल्दै उनले भने, "गठबन्धन परिणामको रूपमा हेर्दा त सफल भएको छ । तर, हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।"

उनी थप्छन्, "राजनीतिक नेतालाई गाली गरेपनि केही फरक पर्दैनथ्यो । तर, देश झन् ठूलो भूमरीमा पर्ने स्थिति हो भने त्यो स्वीकार्य हुने विषय होइन । झण्डै ७५ वर्षदेशको लोकतान्त्रिक अधिकारलाई रक्षा गर्नुपर्छ’ उनले भने, ‘अहिलेसम्मको उपब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ ।"

प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने समेत बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको