Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीले डाक्याे साधारण सभा, १०.५२ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, १४ : ५३ मा प्रकाशित

माउन्टेन इनर्जीले डाक्याे साधारण सभा, १०.५२ प्रतिशत लाभांश पारित हुँदै

माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीकाे कार्तिक २९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा पाैष ८ गते, शुक्रबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लभांश प्रयाेजनका लागि मंसिर २७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे  छ । त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भएर कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको