Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बीमा प्राधिकरणले दियो सात लघु बीमा कम्पनीलाई लाइसेन्स

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १९ : १९ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणले दियो सात  लघु बीमा कम्पनीलाई लाइसेन्स

नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन गर्ने अनुमति दिएको छ । बीमा प्राधिकरणले आइतबार तीन जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई एक साथ लाइसेन्स प्रदान गरेको छ ।

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको छ।  तेस्तै  निर्जीवन बीमातर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको छ ।

लघु बिमा संचालन गर्न १५ वटा जीवन र १६ वटा निर्जीवन गरी ३१ वटा लघु बीमा कम्पनीले प्राधिकरणमा आवेदन दिएका थिए । यी कम्पनीहरुको चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।

638368eec2ab9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको