Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपर्सकाे लाभांश घट्याे, नगद र बाेनस कति ?

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १० : ५६ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपर्सकाे लाभांश घट्याे, नगद र बाेनस कति ?

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजाे (मंसिर ११ गते, आइतबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश अघिल्लाे वर्षकाे तुलनामा घटेकाे हाे । आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

638445149bb9c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको