लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार पहिलाे त्रैमाससम्म कम्पनी ६७ लाख ९५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । उक्त नाेक्सानी गत वर्षकाे तुलनामा ११ दशमलव ७५ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधिमा कम्पनी ७७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले हालसम्म विद्युत बिक्री गरेकाे छैन । कम्पनीले निमार्ण गरिरहेको आयोजनाबाट हालसम्म विद्युत उत्पादन भएकाे छैन । त्यसैले पनि कम्पनी नाेक्सानमा रहेकाे हाे ।
चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ भने १८ करोड ६१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४५ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ५९ पैसा रहेकाे छ ।
कम्पनीले गत वर्ष भदाै ३ गतेदेखि भदाै ७ गतेसम्म जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । कम्पनीको आईपीओमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाएका थिए। जसमध्ये, १० देखि ३० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६ सय २० जनाले ४० कित्ता पाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस