Like us!
Follow us!
Connect us!
Watch us!

कच्चा तेलको मूल्यमा हुने उतार चढावले सेयर बजार र अर्थतन्त्रमा पार्ने प्रभाव

धिरज पौड्याल

मंगलबार, १३ मंसिर २०७९, १६ : ५० मा प्रकाशित

कच्चा तेलको मूल्यमा हुने उतार चढावले सेयर बजार र अर्थतन्त्रमा पार्ने प्रभाव

क्रुड ओइल अर्थात कच्चा तेल, विश्वब्यापी सेयरबजारका अध्ययनहरु इन्टरनेटमा हेर्दा लगानीकर्ताहरु कच्चा तेलको मूल्यमा देखिने उतारचढावलाई विशेष मध्यनजर गर्ने देखिन्छ। हामीले नेपाली सेयर लगानीकर्ताहरु कच्चा तेलको मूल्य प्रभावमा ध्यान दिन्छन् की दिदैनन भन्ने जिज्ञासामा १० जना साथीहरूलाई सोध्दा १० मध्य २ जना कहिले कहीँ मात्र कच्चा तेलको मूल्य हेर्ने जनाए। कच्चा तेलको प्रभाव अर्थतन्त्र र सेयर बजारमा कस्तो रहन्छ भन्ने बुझ्न मा इन्टरनेटमा प्रकाशित जर्नल तर्फ मोडिए। यस लेखमा अध्ययनमा देखिए अनुसार कच्चा तेलको मूल्यमा देखिने उतारचढावले सेयरबजारमा कस्तो प्रभाव पर्दछ भन्ने विषयका केही चर्चा गर्नेछौं।

नेपालले प्रत्यक्ष्य रूपमा कच्चा तेलको आयात नगर्ने हुँदा हामी  मूल्य प्रभावबारे चासो राख्दैनौं तर कच्चा तेलको मूल्यले नेपालको सेयर बजार र समग्र अर्थतन्त्रलाई नै प्रभावित गरिरहेको हुन्छ। नेपालको अर्थतन्त्र मूलतः भारतीय अर्थतन्त्रसँगप्रत्यक्ष्य रूपमा जोडिएको छ। कच्चा तेलको मूल्यमा देखिने प्रभावले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष्य  प्रभाव पारिरहेको हुन्छ जोसँग हामी जोडिएको हुँदैनौं। 

कच्चा तेल विश्वको सबैभन्दा बढी कारोबार हुने कमोडिटी हो, ९०% यातायात यसमा निर्भर रहन्छ भने अधिकांश उत्पादन पनि यसैमा निर्भर रहन्छ। 

कच्चा पदार्थको मूल्यको अर्थतन्त्रमा प्रभाव २ तहबाट हुने गर्दछ। एक उत्पादन अर्थात कच्चा पदार्थको उत्खनन र अर्को प्रशोधन र बितरण। उत्पादनलाई अपस्ट्रिम इन्डस्ट्रि र प्रशोधन र वितरण जसलाई डाउन स्ट्रिम इन्डस्ट्रि भनिन्छ। उत्खननमा लाग्ने लागतको खर्च बढेमा मूल्य स्वतः वृद्धि भएर आउँछ र यदि प्रशोधित पदार्थको मूल्य उत्पादन मूल्य र प्रशोधन लागत बढेको खण्डमा पनि प्रशोधित पदार्थको मूल्यमा उच्च बढ्छ। बढेको मूल्य वा घटेको मूल्यले अर्थतन्त्रमा  पार्ने प्रभाव बारे हामी चर्चा गर्नेनै छौ। 

हामी भारतबाट तेल तथा कच्चा तेलको प्रशोधित पदार्थहरु आयात गर्दा अन्तराष्ट्रिय रूपमा कच्चा पदार्थको मूल्य प्रभाव र भारतको अर्थतन्त्रसँग जोडिन पुग्छौ। हामी बढ्दो कच्चा तेलले भारतलाई पर्ने प्रभाव बारे चर्चा गरौं। 

भारतले गर्ने कुल आयात मध्यको ६०% आयात कच्चा पदार्थ गर्ने गर्दछ र भारतले उपभोग गर्ने कच्चा तेल मध्य ८०% कच्चा तेल आयात गर्ने गर्दछ भने २०% मात्र उत्पादन हुने गर्दछ। भारत कच्चा तेलको आयातमा निर्भर रहने गर्दछ। भारत विश्वको तेश्रो बढी कच्चा तेल आयात गर्ने राष्ट्र हो, २०२१ मा ११९ विलियन अमेरिकी डलर बढीको कच्चा तेलको आयात गरेको छ। बजेटमा कच्चा तेललाई मूल्यको आधारमा भारतले प्राथमिकताका साथ राखेको हुन्छ। भारतीय सञ्चार माध्यमका अनुसार कच्चा तेलको मूल्य १००$ प्रति ब्यारेल भै रहेमा भारतको युनियन बजेट नै तहस नहस हुने जनाएको छ। बजेटमा तेलको मूल्यलाई औषत रूपमा लिई सोही अनुसार हिसाब गर्ने गरिन्छ। 

अन्तराष्ट्रिय रूपमा कच्चा तेलको मूल्य वृद्धि हुँदा आयात खर्च वृद्धि हुन्छ। बढ्दो कच्चा तेलको मूल्यले राष्ट्रको वैदेशिक व्यापार घाटा बढ्दै जान्छ।अध्ययनका  अनुसार १०% कच्चा तेलको मूल्य वृद्धि हुँदा ०.४ देखि ०.६% सम्म रिटेल सामानहरूको मूल्य वृद्धि हुने गर्दछ, जसले हामी भारतको आयत केन्द्रित राष्ट्र रहदाँ वस्तुको मूल्य वृद्धि हुँदा हाम्रो खर्च गर्ने मूल्य वृद्धि हुन्छ जसको प्रभाव अर्थतन्त्रमा मुद्रा संकट र सेयर बजारमा मन्दी देखिन थाल्छ। कच्चा तेलको मूल्य वृद्धिले हुने मुद्रास्फिती बढ्छ साथमा यसले अमेरिकी डलरको तुलनामा राज्यको वैदेशिक सञ्चितिमा कमी आउँदै गर्दा मुद्रा कमजोर हुँदै जान्छ। 

कच्चा पदार्थको मुद्दा वृद्धि हुँदा कच्चा तेलको साइड इन्डस्ट्रिमा प्रभाव पर्ने गर्दछ। कच्चा तेलको बाई प्रोडक्टहरु, Lubricating, तेल, डिजेल इन्धन, पेट्रोल, एलपीजी, प्लास्टिक, अल्कोहल, रक्सी तथा तेलको प्रयोगबाट हुने उत्पादन हुने क्षेत्रमा प्रभाव गर्ने गर्दछ। 

मुद्रास्फीति तथा सामानको मूल्य वृद्धि हुँदा सेयरबजार तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव गर्दछ जुन हामीले केही महिना अगाडिबाट भोगिरहेका छौं। मुद्रास्फितिका कारण पर्ने ब्याजदरको प्रभावसँग पनि हामी जानकार भयौं। बढ्दो मुद्रा खपतले समग्र बजारमा मुद्रा अभाव देखिन थाल्छ। 

हामीले कच्चा तेलको मूल्य वृद्धिले गर्ने प्रभावबारे बुझ्यौ, कच्चा तेलको मूल्य सधैं बढिरहने भने हैन मूल्यमा गिरावट पनि आउने गर्दछ। कच्चा तेलको मूल्य घट्दा तेल उत्पादनगर्ने राष्ट्रहरुमा नकारात्मक प्रभाव पर्दछ। तेल प्रशोधन र आयात गर्ने देशहरूमा सकारात्मक देखिने गर्दछ ।मुद्रास्फीति, मुद्रा, शोधनान्तर बचत एबम् मुद्रा सञ्चिती लगायतका अर्थतन्त्रमा क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्ने गर्दछ तर कच्चा तेलको मूल्य घट्दा नकारात्मक प्रभाव गर्दछ। कच्चा तेलको मूल्य घट्दा वैदेशिक प्रतक्ष्य लगानीको रकम घट्ने गर्दछ। कच्चा तेलको मूल्यमा गिरावट आउँदा उत्पादन गर्ने देशमा निर्यात मूल्य घट्ने गर्दछ जसले कुल मूल्यमा नकारात्मक प्रभाव पर्न गई आउनुपर्ने वैदेशिक लगानीको रकममा ह्रास आउँछ।

कच्चा तेलको आयातगर्ने राष्ट्रहरूको सूचीमा छिमेकी राष्ट्र चीन पहिलो स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा। अप्रतक्ष्य रूपमा कच्चा तेलको मूल्यले नेपालको अर्थतन्त्रलाई प्रभावित गरिरहेको छ जसबाट हामी अनजान बनिरहेका छौ। हामी आयत मुखी राष्ट्र एबम् वैदेशिक सहयोग निर्भर रहने राष्ट्र हामीलाई आर्थिक सहयोग गरिरहने राष्ट्र कच्चा तेलको सबैभन्दा बढी आयात गर्ने राष्ट्रको सुचिमा रही रहँदा र हामी आफै आयात मुखी अर्थतन्त्र भएको हुँदा हामी यसबाट पर्ने प्रभावबाट बाहिरिन खोजेका छौ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको