Like us!
Follow us!
Connect us!
Watch us!

कति आयो राधी विद्युतको लिलामी सेयरको कट अफ प्राइस ?

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १३ : २१ मा प्रकाशित

कति आयो राधी विद्युतको लिलामी सेयरको कट अफ प्राइस ?

राधी विद्युत कम्पनी लिमिटेडले कार्तिक २९ गतेबाट मंसिर ८ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू खाेलिएकाे छ । लिलामी सेयरमा परेका बोलपत्रहरू आज मंसिर १४ गते, बुधबार मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा बिहान ८ बजे खोलिएको हो । 

उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भइसकेको छ । प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा १ सय ९५ रूपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । अधिकतम बिड २ सय ९ रूपैयाँसम्मकाे थियाे ।

कम्पनीले असाेज ५ गतेदेखि असाेज २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको