Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज, १५.७८ प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, ०६ : ४९ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज, १५.७८ प्रतिशत लाभांश पारित हुने

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँतीसौँ वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभाबाट कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको