Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको नाफामा ५७ प्रतिशतको उछाल, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ०७ : ४६ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको नाफामा ५७ प्रतिशतको उछाल, ईपीएस कति ?

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको मुनाफामा बृद्धि आएको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५७.६९ प्रतिशतले बढेर २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क पनि १०.८४ प्रतिशतले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ र जगेडा कोषमा २६ करोड ६५ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ५६ अर्ब १५ करोड ९१ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७६ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः 

63e5a5b2dca55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको