नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख १ हजार ८२० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
कम्पनीले यसअघि एक सूचना प्रकाशन गर्दै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकको सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले ३५० रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।
प्रुडेन्सियल क्यापिटल म्यानेमेन् कम्पनी प्रालिले आफ्नो स्वामित्वमा रहेको उक्त संस्थापक सेयर बिक्रि गर्न लागेको हो । उक्त सेयरमा माघ १३ गतेसम्ममा आवेदन दिई सक्नुपर्नेछ ।
एनआईसी एशिया क्यापिटल बबरमहल काठमाण्डौंमा के कति सेयर खरीद गरी लिनुहुने हो सोको व्यहोरा खुलाई निवेदन दिन आग्रह गरेको हो ।
कम्पनीले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस