Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको हात खाली नगर्ने नेशनल लाइफ इन्स्योरेन्सः यस्तो छ १० बर्षको लाभांश इतिहास

अर्थ संसार

मंगलबार, १८ असोज २०७९, ०६ : ५५ मा प्रकाशित

लगानीकर्ताको हात खाली नगर्ने नेशनल लाइफ इन्स्योरेन्सः यस्तो छ १० बर्षको लाभांश इतिहास

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल कम्पनी ऐन सन् १९८८ र  बीमा ऐन सन् १९६८ अन्तर्गत बीमा समितिबाट बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी सन् १९८८ देखि देशको बढ्दो बीमा आवश्यकताहरू पूरा गर्ने प्रमुख उद्देश्यका साथ सञ्चालनमा आएको जीवन बिमा कम्पनी हाे ।

कम्पनीकाे लाभांश इतिहास नियाल्दा लाभांश वितरणमा कम्पनी अब्बल नै देखिन्छ । सुरूवातदेखि नै कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई औषतमा राम्रै प्रतिफल दिँदै आइरहेको छ । 

कम्पनीकाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० मा ७२.५ प्रतिशत लाभांश (५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७५/७६ मा १०.५३ प्रतिशत लाभांश (१० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५५ प्रतिशत बाेनस र १७.५ प्रतिशत नगद गरि कूल ७२.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २.५ प्रतिशत बाेनस र १२ प्रतिशत नगद गरि कूल १४.५ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

कम्पनीकाे सेयरमा १० वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ७ सय ८२ कित्ता पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको