Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, ०५ : ५५ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित हुने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेत्तीसौँ वार्षिक साधारण सभा आज (फागुन २९ गते, आइतबार) नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ ।

सभाले कम्पनीको माघ १२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

यस्ता छन् साधारणसभाबाट पारित हुने प्रस्तावहरुः

क) साधारण प्रस्ताव :

१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूवाट पेश हुने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी
पारित गर्ने ।

२. आर्थिक वर्ष २०७६/०७७ को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन
उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति एवम्
पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२/- नगद
लाभांश स्विकृत गर्ने ।

ख) विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता
पूँजी रु. रु.३,३९,०८,८९,२०३/- मा १९ (उन्नाईस) प्रतिशतको दरले वोनस शेयरको रुपमा लाभांश रु.६४,४२,६८,९४९/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. यस सभामा प्रस्तावित वोनस शेयर कार्यान्वयन गर्न एवं भविष्यमा संभावित पूँजी सम्बन्धि
आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा (८) र नियमावलीको नियम (४) मा संशोधन गरी
कम्पनीको अधिकृत पूँजी रु.७ अरब र जारी पूँजी रु.६ अरब पुयाउने ।

३. कम्पनी ऐन २०६३ को दफा १०५(१)ग वमोजिम आ.व.२०७६/०७७ मा भएको खर्च अनुमोदन गर्ने ।

४. कम्पनीको प्रबन्ध पत्र र नियमावलीको संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा
निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

ग) संस्थापक समूह (समुह 'क' वर्ग) वाट ३ जना र सर्व साधारण लगानीकर्ता (समूह 'ख' वर्ग) वाट २ जना संचालकहरुको निर्वाचन गर्ने । निर्वाचन सम्बन्धि कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको सूचना पाटीमा प्रकाशित गरे वमोजिम हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको