Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ०७ : २६ मा प्रकाशित

नेशनल लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६४ रूपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा पनि प्रति हजार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रूपैयाँसम्म बोनस पाइनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको