Like us!
Follow us!
Connect us!
Watch us!

सेमेस्टरमा बिएसडब्लू पढ्न इन्ट्रान्स फारम भर्ने म्याद थप, उपत्यकाभित्र सरस्वती क्याम्पस

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, १६ : २४ मा प्रकाशित

सेमेस्टरमा बिएसडब्लू पढ्न इन्ट्रान्स फारम भर्ने म्याद थप, उपत्यकाभित्र सरस्वती क्याम्पस

सेमेस्टर प्रणालीमा आधारित चार वर्षे सामाजिक कार्य (Bachelor Degree in Social Work- BSW) विषयमा स्नातक तहमा भर्ना हुनका लागि अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरिएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालय अन्तर्गत स्नातक तहमा सेमेस्टर प्रणाली (Semester System) मा आधारित एकल अनुशासकीय ( Single Disciplinary) चार वर्षे (आठ सेमेस्टर) को सामाजिक कार्य (Bachelor Degree in Social Work - BSW) विषयमा भर्ना गर्ने म्याद थपिएकाे हाे । 

यसअघि शैक्षिक वर्ष २०२२ (२०७९ / ०८०) का लागि अनलाइन आवेदन दिने अन्तिम म्याद मंसिर १५ गतेसम्म भनिएकाेमा अब म्याद थपिएर पाैष ११ गतेसम्म पुर्याइएकाे छ । दाेब्बर दस्तुर तिरेर भने पाैष १३ गतेसम्म आवेदन दिन पाइनेछ । 

यस वर्ष साे विषय सञ्चालन गर्न त्रिविका पाँच आङ्गिक क्याम्पसहरूले अनुमति पाएका छन् । सेमेस्टरमा आधारित चारवर्षे बिएसडब्लू सञ्चालन गर्न स्विकृती पाउनेहरूमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, ईलाम,  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, मोरङ, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन, सरस्वती बहुमुखी क्याम्पस, लेखनाथमार्ग, काठमाडौं र पृथ्वीनारायण क्याम्पस, पोखरा, कास्की रहेका छन् ।

विद्यार्थीहरूले entrance.tufohss.edu.np अथवा www.tufohss.edu.np मा गएर प्रवेश परिक्षाकाे फाराम भर्न सक्नेछन् । प्रवेश परिक्षाकाे शुल्क एक हजार ५ सय रूपैयाँ ताेकिएकाे छ । प्रवेश परिक्षा पाैष १६ गते हुनेछ भने परिक्षाकाे नतिजा पाैष १८ गते सार्वजनिक गरिनेछ । माघ २ गतेबाट कक्षा सञ्चालन गरिने त्रिविद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

सेमेस्टरमा आधारित चारवर्षे बिएसडब्लू गर्नका लागि विद्यार्थीहरूकाे निम्न बमाेजिमकाे याेग्यता पुगेकाे हुनुपर्नेछ :

यसअघि बीएएसडब्लू (BASW - Bachelor of Arts in Social Work) नाममा वार्षिक प्रणालीमा एउटा ऐच्छिक विषयका रूपमा सामाजिक कार्य पढाइ हुने गर्दथ्याे । अब भन पहिलोपटक बिएसडब्लूको सर्टिफिकेट पाउने गरी सिंगल डिसिप्लिनरीमा बिएसडब्लू  सञ्चालन हुन लागेको हो । याे काेर्स पढ्न विद्यार्थीहरूले एउटा सेमेस्टरकाे ३० हजार रूपैयाँ शुल्क तिर्नुपर्दछ । यस बाहेक प्राक्टिकलका लागि फिल्डमा जाँदा विद्यार्थीहरूलाई अलग शुल्क लाग्नेछ ।  

याे भन्दा पहिला बीएएसडब्लू (BASW) पढेर विदेश जाने विद्यार्थीहरूले त्यहाँ गएर अध्ययन गर्न थप काेर्स लिनुपर्ने बाध्यता रहेकाेमा अब बिएसडब्लू (BSW) सुरू भएसँगै याे बाध्यता हट्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागका विभागिय प्रमुख लक्ष्मण सुवेदी बताउँछन् । उनले भने, "यसअघि बीएएसडब्लू अध्ययन गरेर विदेश जाने विद्यार्थीले त्यहाँ गई त्यहाँका विश्वविद्यालयहरूमा अध्ययन गर्न थप काेर्स लिनुपर्ने बाध्यता रहेकाे थियाे । त्यहाँकाे रिक्वायरमेन्ट अनुसार पुर्णाङ्क नपुग्ने हुँदा एडिस्नल काेर्स (Additional Course) लिनुपर्ने अनिवार्य थियाे । अबकाे नयाँ काेर्स बीएसडब्लु पढेर जाँदा भने जुनसुकै विश्वविद्यालयमा पनि सजिलै भर्ना हुन पाइनेछ ।"

नेपाल सरकारले सर्वसाधारणसँग प्रत्यक्ष जाेडिने सबै क्षेत्रहरूमा एक जना सामाजिक कार्यकर्ता राख्ने नीति छिट्टै नै कार्यान्वयनमा ल्याउने उनी बताउँछन् । यसाे हुँदा बिएसडब्लू गर्ने विद्यार्थीहरूले सरकारकाे मातहतमा रहेर सेवामुलक कार्यहरू गर्न राेजगारीकाे राम्राे अवसर समेत प्राप्त गर्नेछन् । 

यसै सन्दर्भमा कुराकानी गर्दै सरस्वती बहुमुखी क्याम्पसका बिएसडब्लू निर्देशक टेकनाथ सुवेदीले बिएसडब्लू काेर्स सञ्चालन गर्नुकाे ३ वटा महत्वपूर्ण कुरा उल्लेख गरे । उनले भने, "एउटा मुख्य कुरा भनेकाे सामाजिक कार्यलाई विशिष्टीकृत गर्नका लागि बिएसडब्लू एउटा इन्डीपेन्डेन्ट रूपमा सुरू गरिएकाे हाे । अर्काे भने अन्तराष्ट्रिय धारलाई मध्यनजर गर्दै सँगसँगै हिँड्न त्रिभुवन विश्वविद्यालय अन्तर्गत पनि सेमेस्टरमा आधारित बिएसडब्लू सुरू गरिएकाे हाे । नेपालकाे विश्वविद्यालय मात्रै आइसोलेटेड हुन सक्दैन । त्यसैले, अन्तराष्ट्रिय करिकुलममा आधारित भएर याे काेर्स सुरू गरिएकाे हाे ।"

उनले थपे, "तेश्राे पक्षमा विद्यार्थीकाे दृष्टीकाेणले हेर्दा वार्षिक प्रणालीमा परम्परागत मोडेल प्रयाेग गरिन्थ्याे । प्रयाेगात्मक तथा व्यवहारिक ज्ञान र सिकाई भन्दा पनि सैद्धान्तिक ज्ञानमा जाेड दिइन्थ्याे । अब याे सेमेस्टर प्रणालीमा भने विद्यार्थीहरूलाई प्राक्टीकलमा जोड दिएर सोही अनुसारको सीप र ज्ञान विकास गर्ने लक्ष्य लिइएको छ । यसअघि वार्षिक प्रणालीमा बीएएसडब्लू पढाउँदा विद्यार्थीहरूबाट न्युनतम शुल्क लिइन्थ्याे र धान्न पनि गार्ह्राे हुने गर्दथ्याे । अब सेमेस्टर प्रणालीमा भने साेही अनुसारकाे शुल्क लिँदा विद्यार्थीहरूलाई नैतिक जिम्मेवारी पनि बढ्छ र काम गर्न एक प्रकारकाे दवाव सिर्जना समेत हुन्छ ।"

समाजसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले सामाजिक कार्य आफैँमा महत्वपूर्ण विषय हो । सामाजिक कार्यले आवश्यकता अनुसार सामाजिक समस्याहरूलाई कम गर्न र न्यूनीकरण गर्न मद्दत गर्दछ । विगत आठ वर्षदेखि सामाजिक कार्यमा स्नातकोत्तर अध्ययन गराउँदै आइरहेको सामाजिक कार्य विभागले पनि छोटो समयमै दक्ष जनशक्ती उत्पादन गर्न सफल भएको छ । वर्तमान सन्दर्भमा हेर्ने हो भने सुनिता डङ्गोल, पुकार बाम जस्ता सामाजिक अभियान्ताहरूको उत्पादन पनि सामाजिक कार्य विभागले नै गरेको हो । आगामी दिनमा सामाजिक कार्य पढ्न इच्छुक विद्यार्थीहरूका लागि यस प्रकारका उत्पादन र उपलब्धी प्रेरणाका श्रोत बन्न सक्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको