Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सानिमा बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, १७ : ३५ मा प्रकाशित

नेप्सेमा सानिमा बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे १० प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता २ सय ४७ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २ सय ७१ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे १८औँ वार्षिक साधारण सभा पाैष ३ गते, आइतबार आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

638c89d9e923b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको