Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स इन्भेष्टमेन्टको हकप्रद भर्ने म्याद थपियाे

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, १२ : ०१ मा प्रकाशित

पिपुल्स इन्भेष्टमेन्टको हकप्रद भर्ने म्याद थपियाे

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कार्तिक १६ गते, बुधबारदेखि संस्थापक साधारण सेयरको हकप्रद सेयर निष्कासन गरिरहेकाे छ । कम्पनीले आजसम्म म्याद भनेकाेमा एक महिना समय थपेर पाैष २० गतेसम्म पुर्याइएकाे छ । 

कम्पनीले सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कार्तिक १४ गतेसम्म कायम साविक संस्थापक सेयरधनीहरुका लागि दश सेयर बराबर नयाँ तिन सेयरको अनुपातमा प्रति सेयर १०० रूपैयाँ अंकित दरको ४ लाख ७५ हजार ८ सय ७५ कित्ता हकप्रद सेयरको निष्कासन गरेकाे हाे । 

त्यसैगरी, हकप्रद सेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।  उक्त स्थान अलावा अन्य माध्यमबाट दर्खास्त दिन चाहेमा सेयरधनीहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्बर ०३१००१२००१२११८०००००१ मा हकप्रद बापतको रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको