Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाधिक उच्च विन्दुमा पुगेका विश्वका ठूला सेयर बजार अहिले कुन अवस्थामा छन् ?

धिरज पौड्याल

बुधबार, २१ मंसिर २०७९, १६ : ४५ मा प्रकाशित

सर्वाधिक उच्च विन्दुमा पुगेका विश्वका ठूला सेयर बजार अहिले कुन अवस्थामा छन् ?

अर्थतन्त्रको एउटा सिद्धान्त छ, जब अर्थतन्त्रमा पैसा इन्जेक्ट हुन्छ, अर्थतन्त्रमा बुस्ट हुन्छ। अर्थतन्त्रको अङ्ग सेयरबजारमा पनि कोभिड समयमा सोही प्रभाव देखियो। 

सन् २०१९ मा विश्वव्यापी रूपमा कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव पछि विश्वका अधिकांश राष्ट्रहरूले अर्थतन्त्रलाई चलयमन बनाउन र प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न र अर्थतन्त्रलाई सही मार्गमा ल्याउन अर्थतन्त्रले चाहे अनुरूपको नीतिहरु लिए। कोभिडको समयमा अन्य लगानीका क्षेत्रहरूमा लगानीको अवसर नहुँदा सेयरबजार प्रति सकारात्मक भएर लगानी गरे। त्यो बेलाको सेयरबजारमा देखिएको चालले लगानी नगरेकाहरुलाई केही छुटेको छ भन्ने सम्मको अनुभूति दिलायो। उक्त समयमा विश्वव्यापी रूपमा सेयर बजारहरुले अल टाईम हाई अंक कायम गरे ।

कोभिड्को प्रभाव कारण सिथिल बनेको अर्थतन्त्रमा चलायमन बनाउन नियमले लिएको सहज अर्थतन्त्रको नीतिका कारण अर्थतन्त्रको अन्य पाटोमा प्रभाव पर्यो, मुद्रास्फिती दरमा वृद्धि भएको थियो यस पश्चात संकुचित अर्थतन्त्रको नीति विभिन्न राष्ट्रहरूले लिएका छन् त्यसको प्रतक्ष्य प्रभाव सेयर बजारमा देखियो। राज्यले लिएको संकुचित अर्थतन्त्रको नीति र रसिया युक्रेन युद्धले एकै पटक जाँदा नियन्त्रणमा लिन खोजिएको अर्थतन्त्रमा संकटसम्म पुग्यो विभिन्न राष्ट्र बैङ्करप्सीकाे सामना गरे ।

यस लेखमा हामी विश्वका विभिन्न ठूला सेयर बजारको उच्च विन्दुदेखि हाल कारोबार भइरहेको विन्दु अन्तर हेर्नेछु। 

१ : न्यू योर्क स्टक एक्सचेन्ज : अमेरिका: NYSE

मे १७, १७९२ मा स्थापित न्यू योर्क स्टक एक्सचेन्ज विश्वको सवैभन्दा ठूलो स्टक एक्सचेन्ज हो । वाल स्ट्रिटमा अवस्थित स्टक एक्सचेन्जमा २४०० कम्पनीहरु सूचीकृत छन जसको मार्केट क्यापिटलाईजेसन २६.२ ट्रिलियन अमेरिकी डलर बढी रहेको छ। 

जनवरी १३ २०२२ मा सर्वाधिक करिब १७४२२.५३ सम्म पुगेको इन्डेक्स हाल भने २११४.०९ अङ्कको गिरबटका साथ १५३२८.४४ अङ्कको बिन्दुमा आइपुगेको छ। न्यू योर्क स्टक एक्सचेन्ज उच्च बिन्दुबाट अहिले १२.१२% को गिरावट आएको छ।

 सेयरबजार परिसूचक हालसम्मको उच्च बिन्दुबाट ८७.८८ प्रतिशतमा आएको छ। 

 

२ : सांघाई स्टक एक्सचेन्ज: चीन: SSE

सांघाई स्टक एक्सचेन्ज विश्वको तेस्रो ठुलो स्टक एक्सचेन्ज हो र एशियाको सर्वाधिक ठूलो स्टक एक्सचेन्ज हो। सन् १९९० मा स्थापित सांघाई स्टक एक्सचेन्ज ८ ट्रिलियन अमरिकी डलर बढी मार्केट क्यापिटलाइजेसन रहेको छ जसमा ३००० बढी कम्पनीहरु सूचीकृत रहेका छन।

१० फेब्रुअरी २०२१ मा सर्वाधिक ३६९९ बिन्दुको अंकमा पुगेको सांघाई स्टक एक्सचेन्ज परिसूचक SSE हाल ५०० अङ्कको गिरबतका साथ ३२०० अङ्कको बिन्दुमा रहेको छ। यो अवधिमा सेयर बजार १३.५२% को गिरावट आएको हो। 

सांघाई स्टक एक्सचेन्ज परिसूचक SSE अहिले उच्च बिन्दुको ८६.४८% मा आएको छ। 

३) युरोपियन न्यू स्टक एक्सचेन्ज: युरोप: EURONEXT 

सन् २००० मा स्थापित युरोपियन न्यू स्टक एक्सचेन्ज विश्वको चौथो ठूलो स्टक एक्सचेन्ज हो। करिब २००० बढी कम्पनी लिष्टेड एक्सचेन्ज ७ ट्रिलियन अमेरिकी डलर बढीको मार्केट क्यापिटलाइजेसन रहेको छ। 

१७ नोभेम्बर २०२१ मा सर्वाधिक ८२७.५८ अङ्कको बिन्दुमा रहेको परिसूचक १०८ अङ्कको  गिरावटका साथ ७१८.८६ अङ्कको बिन्दुमा आइपुगेको छ। परिसूचकमा १३.१३ प्रतिशतको गिरावट देखिएको छ। 

सेयरबजार परिसूचक हालसम्मको उच्च बिन्दुबाट ८६.८७ प्रतिशतमा आएको छ।

४ : जापान स्टक एक्सचेन्ज ग्रुप: जापान(JPX)

सन् २०१३ मा मर्जर पश्चात स्थापित जापान स्टक एक्सचेन्ज ग्रुप विश्वको छैटौं ठूलो स्टक एक्सचेन्ज हो। ३८०० बढी कम्पनी सूचीकृत रहेको जापान स्टक एक्सचेन्ज ५.१६ ट्रिलियन अमेरिकी डलर क्यापिटलाईजेसन रहेको छ। 

सेप्टेम्बर १४ २०२१ मा सर्वाधिक २१२० अङ्कको बिन्दुमा पुगेको परिसूचक हाल १७१ अङ्कको विन्दुले घटेर १९४८ अङ्कको बिन्दुमा आइपुगेको छ। परिसूचकमा ८.११ प्रतिशतको गिरावट आएको छ। 

सेयरबजार परिसूचक हालसम्मको उच्च बिन्दुबाट ९१.८९ प्रतिशतमा आएको छ।

५  : बम्बई स्टक एक्सचेन्ज: भारत : BSE

सन १८७५ मा स्थापित बम्बई स्टक एक्सचेन्ज विश्वको नवौं ठूलो स्टक एक्सचेन्ज हो। करिब ५५०० कम्पनी सूचीकृत रहेको छ। 

सेयर बजार परिसूचक सेनसेक्सले अघिल्लो सर्वाधिक उच्च बिंदु पार गरेको छ। अक्टोबर २०२१ मा सर्वाधिक ६२३४० रहेको सेयरबजार परिसूचक १३ महिना पछि हाल ६२४१० अंकमा कारोबार भएको छ।

सेयरबजार परिसूचक हालसम्मको उच्च बिन्दुबाट ०.४१  प्रतिशत बढी आएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको