Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले डाक्यो साधारण सभा:लाभांस पारित तथा सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, ०९ : ३४ मा प्रकाशित

प्रभु बैंकले डाक्यो साधारण सभा:लाभांस पारित तथा सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव

प्रभु बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते साधारण सभा बस्ने निर्णय गरेको हो । बैंकले सभा आफ्नो केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने जनाएको छ । सभामा कम्पनीले ६.५०% बोनस सेयर र १.५०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव गर्नेछ। 
 
साधारण सभमा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्नेगाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा रहेको उल्लेख छ  ।

तेस्तै  बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने एजेन्डा पनि राखेको छ। सभाले  सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने तय गरेको छ । अर्थात मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको